पछिल्लो एक वर्ष विश्व कोरोनाभाइरस महामारीका कारण निकै त्रसित तथा प्रताडित छ । मानिसको दैनिक जीवनयापनमा समेत समस्या निम्त्याएको कोरोनाभाइरसका कारण अहिले फिल्म प्रदर्शन गर्ने र त्यो पनि सिनेमा हलमा भन्ने कल्पना पनि गर्न सकिँदैन ।
तर, यही महामारीबीच दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘आमा’ अष्ट्रेलियमा प्रदर्शन भएको छ । दशैं र तिहारको छेको पारेर आमाका दुई सो अष्ट्रेलियाको तास्मानियाको होबर्टमा प्रदर्शनमा आएको हो ।
फिल्मका सहनिर्माता सन्तोष अधिकारीले कोरोना भाइरस महामारीका कारण प्रदर्शन बीचमा रोक्न परे पनि अब फेरि यसलाई सुरुवात गर्ने उद्देश्यका साथ फिल्म प्रदर्शन गरेको बताएका छन् ।
‘नेपाली फिल्मको प्रवद्र्धन पनि गर्नुपर्छ र अब फेरि रोकिएका यस्ता गतिविधि सुरु गर्न सकिन्छ भनेर हामीले यो सो गरेका हौँ,’ अधिकारीले भने, ‘हामीले ५० प्रतिशत हल अकुपेन्सीका साथ सिनेमा रिलिज गरेका हौँ ।’
उनले अष्ट्रेलियामा गरेजस्तै अब विस्तारै नेपालमा पनि हलहरु खुलाउन सकिने पनि विश्वास व्यक्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।