१६६९ संक्रमित थपिँदा, ५६९९ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा १६६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले आजको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार थप    १९४५  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यो सँगै नेपालको जम्मा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । आजको पिसिआर परीक्षण संख्या ८ हजार ३२ रहेको छ ।  

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ५६९९ छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या १ लाख ९९ हजार २४ पुगेको गौतमले जानकराी दिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ । 

२४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ जना रहेको छ । नेपालमा हालसम्म कोरोनाबाट १३२१ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७७ आइतबार १६:३५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया