मन्दिर परिसरमा चुम्बनको दृश्यले विवाद, छानबिनका लागि निर्देशन

मन्दिरको पृष्ठभूमामा खिचिएको एक भिडियोको ‘किस सिन’का विषयमा अहिले भारतीयहरु सामाजिक सञ्चाजमा भिडिरहेका छन् । अनलाइन भिडियो सेवा प्रदायक नेटफ्लिक्समाथि ठूलो समूह खनिएको छ । (#BoycottNetflix) नेटफ्लिक्सलाई बहिष्कार गरौँ भन्ने  ह्यासट्याग अहिले भारतको ट्विटर ट्रेडिङमा पहिलो नम्बरमा रहेको छ । आइततबार दिउँसो ५ बजेसम्म यस ह्यासट्याग प्रयोग गरेर मात्रै ८० हजार भन्दा धेरै ट्विट गरिएको छ । 

नेटफ्लिक्सको एक सिरिज ‘अ सुटेबल ब्वाई’ को एक दृश्यका कारण नेटफ्लिक्समाथि भारतीयहरु खनिएका हुन् । त्यस दृश्यमा एक युवा र युवती मन्दिरको पृष्ठभूमिमा उभिएका छन् । उनीहरुले एक अर्कालाई चुम्बन गरिरहको देखिन्छ । पृष्ठभूमिमा मन्दिरमा पूजाका लागि महिलाहरु जाँदै गरेको, पुजा गर्दै गरेको देखिन्छ । घण्टी बजेको र आरती गरिएको आवाज पृष्ठभूमिमा सुनिन्छ । 

नेटफ्लिक्स इन्डियाले बनाएको यस सिरिजमा देखाइएको यो भिडियोमा एक हिन्दु युवती र मुस्लिम युवाले एक-अर्कालाई प्रेम गरेको कथाको प्रसंगको रहेको भारतीय मिडियाहरूले जनाएका छन् । 

मन्दिर परिसरमा चुम्बनको दृश्य देखाएर हिन्दुधर्मको अपमान गर्न खोजिएको भन्दै भारतका हिन्दुहरु विरोधमा उत्रिएका हुन् । हिन्दुधर्मको लचिलोपनको फाइदा उठाएर यस्तो दृश्य खिचिएको भन्दै गाली गरिएको छ ।

 के मस्जिद अगाडी यस्ता दृश्यको भिडियो खिच्न छुट छ ? भन्दै प्रश्न गरेका छन् ।  यस सिरिजको एक भागमै तीन पटक मन्दिरकै परिपरमा चुम्बन गरेको दृश्य खिचिएको एक ट्विटर प्रयोग कर्ताले बताएका छन् । 



गौरब तिवारी नामका ती व्यक्तिले हिन्दु र मुस्लिमबीचको प्रेमको कहानीमा मन्दिरको मात्रै दृश्य किन खिचियो ? भनेर प्रश्न गरेका छन् । 

धेरैले आजदेखि मोबाइलबाट नेटफ्लिक्स नै हटाइदिएको जानकारी दिएका छन् । 



केहीले भने नेटफ्लिक्सलाई बहिस्कार गर्ने मात्रै नभएर हिन्दु भावनालाई ठेस पुर्‍याउने नियतले यस्तो भिडियो बनाउने निर्माता निर्देशकलाई नै कारबाही गर्नुपर्ने तर्क पनि गरेका छन् । 

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले यसरी एक धर्ममाथि प्रहरी गर्ने गरी भिडियो बनाउनु आपत्तिजनक रहेको भनेका छन् । उनले घटनाबारे छानबिन गर्ने प्रहरी अधिकारीहरुलाई निर्दशन दिएका छन् । 

भारतीय जनता पार्टीका केही नेताहरुले पनि यस भिडियोका बारेमा प्रश्न उठाएका छन् । 

  • प्रकाशित मिति : मंसिर ७, २०७७ आइतबार १७:४६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया