रत्नपार्कको नाम फेर्ने निर्णय नसच्याए द्वन्द्व निम्तिने कमल थापाको चेतावनी

काठमाडौंको रत्नपार्कको नाम फेरिएकोमा राप्रपा अध्यक्ष कमल थापाले कडा आपत्ति जनाएका छन् । आइतबार राति ट्विट गर्दै थापाले यो निर्णय नसच्चाइए प्रतिरोधमा उत्रने चेतावनी दिएका हुन् । 

थापाले इतिहास मेटाउने काठमाडौं महानगरको कार्य स्वीकार्य नहुने बताएका हुन्।  ‘श्री ५ महेन्द्रको जीवन संगीनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल वृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको इतिहास मेटाउने कार्य अस्वीकार्य छ ।’ थापाले ट्विटरमा लेखेका  छन् । 
 
यस कार्यले राष्ट्रिय विभूति शंखधर साख्वाकै अपमान भएको उनको भनाइ छ ।   आफैंमा चर्चित राष्ट्रिय विभूति  साख्वाको सम्मान अन्तै छुट्टै सालिक वा पार्क बनाउनु पर्ने थापाको ठहर छ ।  

‘रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र विकास विरोधी छ। निर्णय पुनर्विचार गरियोस्’ थापा भन्छन्, ‘द्वन्द्व निम्त्याउने काम नहोस् ।’ 


 





  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार ७:१४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया