न्यानो कपडा वितरण

कोरोनाका कारण रोजगारी गुमाएपछि भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले खाना खान आउनेहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

थापाथलीस्थित प्रसूति गृह पछाडि खाना खान आएका मानिसहरुलाई सोमबार जाडोयाममा लगाउने न्यानो कपडा वितरण गरिएको हो । ट्राउजर, थर्मकोट लगायतका न्यानो कपडा वितरण गरिएको टिमले बताएको छ ।

हाम्रो टिम नेपालका उमेश बोहराले विभिन्न संघ संस्था, व्यक्तिहरुको सहयोगमा आठ महिना यता खाना खुवाउँदै आएको बताए । अहिले भने चिसो बढेका कारण विभिन्न व्यक्तिको सहयोगमा न्यानो कपडा वितरण गरिएको बताए ।





  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार १४:७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया