रत्नपार्कको नाम परिवर्तनमा राप्रपाको विरोध

रत्नपार्कको नाम परिवर्तन गरी शंखधर साख्वा उद्यान राखेकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले विज्ञप्ति निकालेर रत्नपार्कको नाम फेर्दा नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमूल्यन भएको जनाएका हुन् । 

हालै काठमाडौं महानगरपालिकाले शंखधर शाख्वाको शालिक अनावरण गरी रत्नपार्कको नाम शंखधर साख्वा उद्यान राखेको थियो । ‘दशकौंदेखि नामकरण भएर आएका संरचनाको नाम अचानक बदल्नु उचित होइन,’ विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाले रत्नपार्कको नाम फेर्नु उचित नहुने भन्दै दुई कारण प्रस्तुत गरेको छ । ‘पहिलो यो कार्यले मुमा बडामहारानी रत्नप्रति अन्याय भएको छ,’ विज्ञप्तिमा उल्लेख छ  ‘दोस्रो यो नामकरणले नेपालको मौलिक संस्कृतिका एक धरोहरको समेत अवमूल्यन गरेको छ ।’

रत्नपार्कको नाम राजा महेन्द्रकी पत्नी रत्नको नाममा राखिएको थियो ।

शंखधर साख्वाको योगदानको सम्मान गर्न हाल भइरहेको संरचनाको नाम परिवर्तन गरेर होइन, नयाँ र भब्य संरचना बनाउनुपर्ने राप्रपाले बताएको छ ।





  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार १५:२४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया