‘उपत्यकाको जाम र दुर्घटना न्यूनीकरण पहिलो प्राथमिकता’

महानगरीय ट्राफिक प्रहरी महाशाखामा सोमबारदेखि जनक भट्टराईले कार्यभार सम्हालेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले एक इन्चार्जको स्वागत र अर्कोको बिदाइ कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी प्रमुख भट्टराईले उपत्यकाको जाम न्यूनीकरण आफ्नो पहिलो प्राथमिकता रहने बताए । 

राजधानी सहरले देशको वास्तविकता झल्काउने भएकाले यहाँको जाम समाधान गरी अगाडि बढ्ने योजना रहेको उनले बताए । योसँगै ‘आफ्नो दोस्रो प्राथमिकतामा भने दुर्घटना न्यूनीकरण गर्ने योजना रहेको छ,’ उनले भने ।

तर, यो सब एक्लो प्रयासबाट सफल नहुने भएको हुँदा यसमा सबैको सकारात्मक सहयोगको आवश्यकता रहेको ट्राफिक प्रहरी महाशाखा प्रमुख भट्टराईले जनाए । सबैको सहयोग पाए उपत्यकाको जाम र दुर्घटनालाई न्यूनीकरण गरेर जाने एसएसपी भट्टराईको प्रतिबद्धता छ ।  

यसैगरी ट्राफिक प्रहरी महाशाखाको १५ महिने कार्यकाल पूरा गरेर जान लागेका एसएसपी भीमप्रसाद ढकालले आफू सदैव ट्राफिक प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उपत्यकाको ट्राफिक व्यवस्था सुधार गर्न धेरै प्रयास गरे पनि अझ पाइपलाइनमा रहेका कामहरूलाई पूरा गर्न पूर्ण सहयोग गर्ने जनाए ।

प्रहरी प्रधान कार्यालयले गरेको मंसिर ५ गतेको सरुवामा एसएसपी भट्टराईलाई ट्राफिक महाशाखाको जिम्मेवारी दिइएको छ । आज बिदाइ भएका एसएसपी ढकालले आफ्नो ठाउँमा सरुवा भएर आउने भट्टराईलाई आफैं स्वागत गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार १५:४१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया