काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७ जना संक्रमित फेला परेका छन् । संक्रमितमध्ये ४ सय ५४ महिला र ५ सय ५३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार काठमाडौंमा ७ सय ७९, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८५ जना कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा कुल संक्रमितको संख्या १ लाख ५ हजार ४ सय १६ पुगेको छ ।
पछिल्लो तथ्यांक अनुसार काठमाडौंमा ८३ हजार ८ सय २५ जना, ललितपुरमा १२ हजार ३ सय ८७, भक्तपुरमा ७ हजार ५ सय २३ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।