पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना स्थानीयवासीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जनाकारी दिए । दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
स्थानीयवासी र प्रहरीबीच सडकमा पटक पटक झडप भएको बताइएको छ । प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई ग्यास बुलेटरले ठक्कर दिएको थियो । ग्यास बुलेटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत्यु हुने दुबै जनाको सनाखत हुन सकेको छैन ।
उनीहरूलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।