प्रधानमन्‍त्रीको फोटो खिच्ने रहर...

प्रधानमन्त्री केपी ओलीसँग फोटो खिच्न चाहने नेता, कार्यकर्ता र समर्थकको भीडभाड जताततै हुन्छ । त्योक्रम प्रधानमन्त्री ओली सोमबार ताप्लेजुङ पुग्दा पनि उस्तै थियो । 

सोमबार भने ओलीले ताप्लेजुङको घुन्सामा पुग्दा आफूसँग तस्बिर खिच्न चाहने नेता, कार्यकर्ता र समर्थककै फोटो खिचिदिएका छन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले हेलिप्याडमा प्रधानमन्त्रीले नेता कार्यकर्ताको तस्बिर खिचेको ट्वीटरमार्फत् जानकारी दिए । प्रधानमन्त्रीले कार्यकर्ताको तस्बिर खिचिरहेको फोटो सार्वजनिक गर्दै उनले ओलीको प्रशंसा गरेका छन् । 

प्रधानमन्त्रीले तस्बिर खिच्दै गर्दा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहितका नेता तथा कार्यकर्ता पोज दिइराखेका छन् ।  





  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार ९:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया