कोरोना संक्रमित मन्त्री लामालाई  हेलिकप्टरबाट काठमाडौं ल्याइयो

कोरोना संक्रमणबाट बिरामी परेका बाग्मती प्रदेशका  भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । 

कोरोना संक्रमण देखिएपछि हेटौंडास्थित  मन्त्री क्वाटरमै आइसोलेसनमा बसेका उनलाई स्वाथ्यमा थप समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको बाग्मती प्रदेशमा एक सांसदले जानकारी दिएका छन् । 

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा मन्त्री लामाको पिसिआर परीक्षण गरिएको थियो ।  मंसिर ५ गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण रहेको पुष्टि भएको थियो। 

लामा प्रदेशसभामा चितवन क्षेत्र नम्त्रर १ क बाट निर्वाचित भएका हुन् । 





  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार १२:२५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया