सबै फुटबल खेलाडीको कोरोना नतिजा नेगेटिभ

बङ्गलादेशसँग २ मैत्रिपूर्ण खेल खेलेर बिहीबार स्वदेश फर्किएका सबै फुटबल खेलाडीको कोरोना नतिजा नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । 

एन्फाका अनुसार सोमबार २५ खेलाडीको स्वाब संकलन गरिएको थियो र मङ्गलबार उनीहरूको नतिजा नेगेटिभ आएको हो । उनीहरूलाई सातदोबाटो स्थित एन्फा होस्टलमा राखिएको थियो । यो नजितासँगै उनीहरूलाई १५ दिनको छुट्टी दिइएको छ । 

नोभेम्बर १३ र १७ मा बङ्गलादेशको ढाकास्थित बङ्बन्धु राष्ट्रिय फुटबल मैदानमा भएका मैत्रिपूर्ण सिरिजको पहिलो खेलमा २–० ले पराजित भएको नेपालले दोस्रो खेल गोलरहित बराबरी खेलेको थियो ।





  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार १३:१८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया