ज्येष्ठ नागरिक तथा विपन्नलाई सिरक
फरकधार / ९ मंसिर, २०७७

कास्कीको मादी गाउँपालिका–६ तप्राङका ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई सिरक वितरण गरिएको छ । पोखरा खरिकुना घर भई हाल हङकङमा रहँदै आएका समाजसेवी क्षेत्रबहादुर गुरुङ र ऋचा गुरुङको परिवारको आर्थिक सहयोग र पदमबहादुर तथा कुलकुमारी गुरुङ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा तप्राङका ४५ जनालाई सिरक वितरण गरिएको हो ।

कार्यक्रममा  वडाध्यक्ष पसबहादुर बाँस्तोलाले ज्येष्ठ नागरिक र विपन्न परिवारको सहज जीवनयापनका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रम संयोजक पवित्रा गुरुङले भौतिक शरीर टाढा हुँदैमा आफ्नो  गाउँठाउँ आफन्त इष्टमित्रको माया टाढा नहुने बताइन् । प्रतिष्ठानका सचिव एवं श्री महारुद्र मावि तप्राङका प्रधान अध्यापक गङ्गाधर बरालले मानवीय सेवामा जुट्न आग्रह गरे । जाडोमा न्यानो सिरक पाउँदा ज्येष्ठ नागरिक तथा विपन्न परिवारको अनुहारमा खुसी छाएको थियो ।

  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार १३:३६:२२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया