भारतसँगको नाका तत्काल खोल्न जसपाको माग

जनता समाजवादी पार्टी (जसपा)ले नेपाल–भारत सीमा नाका खुला गर्न माग गरेको छ ।

कोरोना जोखिम बढेसँगै चैत १० देखि सरकारले अन्तराष्ट्रिय सीमा नाका बन्द गरेको छ । तर, नेपाली नागरिकलाई नेपाल आउन १४ वटा नाका तोकिएको छ । लामो समय नाका बन्द हुँदा जीवन थप कष्टकर बनेको भन्दै केही जिल्लाको सीमा क्षेत्रका बासिन्दाले आन्दोलनसमेत गरेका छन् ।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै भारतसँग जोडिएका सीमा नाका तत्काल खुला गरी व्यवस्थित र सहज बनाउन माग गरेका हुन् ।





  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार १३:४२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया