बलिउड अभिनेत्री कंगना रनौटविरुद्ध परेको मुद्दामा आज सुनुवाई हुँदै छ । कंगना र उनकी बहिनी रंगोलीविरुद्ध मुम्बईको प्रहरीले मुद्दा हालेको थियो । उनीहरुले मुम्बई प्रहरीको यो उजुरी रद्द गर्न अनुरोध गरेका छन् ।
कंगना र रंगोलीले धर्मको आधारमा मानिसहरुलाई भड्काउन खोजेको आरोप मुम्बई प्रहरीले लगाएको छ ।
मुम्बई प्रहरीले यी दुईलाई यसअघि तीन पटकसम्म प्रहरीमा हाजिर हुन बोलाएको थियो । तर, कंगनाले यसअघि प्रहरीले बोलाउँदा पनि आफू काममा व्यस्त भएको भन्दै प्रहरीकहाँ गएकी छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।