नेपालीले पहिलो चरणमै कोरोनाविरुद्धको खोप पाउँछन्:स्वास्थ्यमन्त्री ढकाल
फाइल फोटो

कोभिड विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी सरकारले तयारी थालेको बताइएको छ । विश्व प्रतिजैविक सचेतना सप्‍ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने वित्तिकै नेपालमा भ्याक्सिन भित्र्याउन सम्पूर्ण तयारी सुरु भएको बताएका हुन् ।

स्वास्थ्यमन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानून संशोधन गरेर सरकार अगाडि बढेको बताए । अहिले परीक्षणका क्रममा रहेका भ्याक्सिन प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि सहज रुपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेशमार्फत कानून संशोधन गरिएको उनले बताए । ‘औषधि व्यवस्थापन, उपलब्धताका लागि सहज होस भनेर कानूनी रुपमा अध्यादेशबाट औषधि आयात गर्न सहज बनाइएको छ,’ उनले भने, ‘भ्याक्सिन सजिलै प्रयोगमा ल्याउन सकियोस् भनेर कानूनी अफ्ठ्यारो नपरोस् भनेर कानूनी बाटो खुला र सहज गरिएको हो ।’

 अन्य देशले आफ्ना नागरिकमा भ्याक्सिन प्रयोग गर्ने वित्तिकै नेपाली जनताले पनि प्रयोग गर्न पाउने गरी सरकारी र गैरसरकारी क्षेत्रबाट पहल थालिएको मन्त्री ढकालले बताए ।

कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधि म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा समस्या देखिने गरेको उनले बताए । तरकारी, फलफुल लगायतमा प्रयोग हुने कीटनाशक औषधिका कारण पनि मानवजीवनमा विभिन्न समस्या देखिने गरेको उनको भनाइ थियो ।





  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार १५:५८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया