अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले एसोसिएट राष्ट्रका यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूची सार्वजनिक गरेको छ ।
आइसिसीले मङ्गलबार निकालेको ६ जनाको सूचीमा नेपालका पूर्व कप्तान पारस खड्का पनि छन् । उनीसँगै यो सूचीमा स्कटल्यान्डका ३, नेदरल्यान्ड र पपुवा न्युगिनीका एक–एक खेलाडी परेका छन् ।
पारसले सन् २००४ मा मलेसिया विरुद्धको खेलबाट नेपालका लिग डेब्यु गरेका थिए । उनको कप्तानीमा नेपालले सन् २०१४ को टि–२० विश्वकप खेल्नुका साथै सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो । करिब एक दशक नेपाली क्रिकेट टिमको नेतृत्व गरेका पारसले गत वर्ष कप्तानी पद छाडेका थिए ।
पारस नेपालका लागि एकदिवसीय तथा टि–२० अन्तर्राष्ट्रिमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । उनले ६ अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा समान १–१ शतक र अर्धशतकसहित २३५ रन बनाएका छन् । १५ टि–२० अन्तर्राष्ट्रियमा १ शतक र ३ अर्धशतकसहित ७७४ रन बनाएका छन् ।
पारसले २ फस्ट क्लास ७४ र ४० लिस्ट ‘ए’ खेलमा ३ शतक र ९ अर्धशतक सहित १ हजार ४१७ रन बनाएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ९, टि–२० अन्तर्राष्ट्रियमा २ फस्ट क्लासमा १ र लिष्ट ‘ए’ मा २६ विकेट पनि लिएका छन् ।
मनोनयनमा परेका खेलाडीको सूची
काइले कोइटजर –स्कटल्यान्ड
कुलम म्याक्लोइड –स्कटल्यान्ड
पारस खड्का –नेपाल
रिचेइ बेरिङ्टन –स्कटल्यान्ड
असद भाला –पपुवा न्युगिनी
पिटर बोरेन –नेदरल्यान्ड
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।