१०८४३ जनाको पीसीआर परीक्षण, १७९० जनालाई कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर १ हजार ७९० लाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८४३  जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७९०  लाई कोरोना पोजेटिभ देखिएको हो । 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ४ हजार ८५८ जना निको भएका छन् । २४ घण्टामा २ हजार ७९१ जनाले कोरोना जिते ।

यस्तै २४ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ३६१ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ । 





  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार १६:२५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया