चार महिनामा २२ लाख मोबाइल आयात

चालू आर्थिक वर्ष  २०७७\७८ को पहिलो चौमासिक अवधि (साउनदेखि कात्तिक)सम्म २१ लाख ९० हजार मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांक छ ।
समीक्षा अवधिमा मोबाइल सेट आयातका लागि नेपालबाट १४ अर्ब १५ करोड रुपैयाँ बाहिरिएको छ । त्यस्तै, सो अवधिमा मोबाइल आयातबाट मात्रै नेपाल सरकारलाई २ अर्ब २४ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ ।

 

विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष करिब २ लाख सेट मोबाइल बढी आयात भएको छ ।

गतवर्ष साउनदेखि कात्तिकसम्ममा २० लाख सेट मोबाइल आयात भएको थियो । चालू आवको चौमासिकसम्म सबैभन्दा बढी आयात हुने वस्तु मध्येमा दोस्रोमा मोबाइल परेको छ भने पहिलोमा भने पेट्रोलियम रहेको  छ ।

कोरोना महामारीपछि अनलाइनमार्फत काम हुने भएकाले मोबाइल आयात बढेको व्यवसायीहरू बताउँछन् । एक त लकडाउनका कारण यातायातका साधन चलेनन्, अर्को अनलाइन कक्षा र घरमै बसेर कार्यालयको काम गर्दा मोबाइलको माग बढेको व्यवसायीको भनाइ छ ।

लकडाउनमा चोरी निकासीको बाटो बन्द भएकाले पनि मोबाइल आयात बढेको देखिएको मोबाइल आयात संघका अध्यक्ष दीपक मल्होत्राको भनाइ छ ।



नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेका छन् । नेपालमा विशेषगरी चीन, भारत र भियतनामबाट बढी मोबाइल सेट आयात हुने गरेको छ ।



  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार १७:२२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया