फ्रान्समा कोरोनाले ५० हजारको मृत्यु : प्रतिबन्ध केही खुकुलो पार्ने निर्णय
फाइल तस्बिर

फ्रान्स सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी गरेका प्रतिबन्ध केही खुकुलो पार्ने निर्णय गरेको छ । 

राष्ट्रपति इम्यानुअल म्याक्रोनले टेलिभिजनमा सम्बोधन गर्दै डिसेम्बर १५ पछि प्रतिबन्ध निकै खुकुलो पार्ने तयारी भइरहेको जानकारी दिए । तर अहिलेलाई भने यो हप्ता अति आवश्यक नपर्ने पसल खोल्न दिने निर्णय भएको उनले बताए । 

उनका अनुसार क्रिसमसको समयमा मानिसले परिवारका सदस्यसँग रमाइलो गर्न पाउनेछन् । तर बार र रेष्टुरेन्ट भने जनावरी २० सम्म नै बन्द रहनेछन् । 

फ्रान्समा अहिलेसम्म २२ लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भैसकेको छ भने ५० हजारको मृत्यु भएको छ । 

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ । विश्वभर ६ करोड ७२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । 

जसमध्ये ४ करोड १५ लाख निको भएका छन् भने १४ लाख १३ हजारको मृत्यु भएको छ । 



यसैगरी विश्वभर १ करोड ७१ लाख सक्रिय संक्रमित रहेकामा शून्य दशमलव ६ प्रतिशत अर्थात् एक लाख ३ हजारको अवस्था जटिल रहेको छ । बाँकि १ करोड ७० लाखको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ । 

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ करोड २९ लाखमा कोरोना पुष्टि हुँदा ७६ लाख १५ हजार निको भएका छन् । २ लाख ६५ हजारको भने मृत्यु भएको छ । 



यस्तै ९२ लाख २१ हजारमा कोरोना पुष्टि भएको भारतमा ६ लाख ४१ हजार निको भएका छन् । भारतमा कोरोना संक्रमणका कारण १ लाख ३४ हजारको भने मृत्यु भएको छ । 

यस्तै ब्राजिलमा ६१ लाख २१ हजारमा कोरोना पुष्टि हुँदा ५४ लाख ७६ हजार निको भएका छन् । १ लाख ७० हजारको भने मृत्यु भएको छ । 

यसैगरी रुसमा २१ लाख ३ हजार, स्पेनमा १६ लाख, बेलायतमा १५ लाख, इटालीमा १४ लाख, अर्जेन्टिनामा १३ लाख, कोलम्बियामा १२ लाख तथा मेक्सीकोमा १० लाखभन्दा धेरैमा कोरोना पुष्टि भइसकेको छ ।

अहिलेसम्म कोरोनाले मेक्सीकोमा एक लाख, बेलायतमा ५५ हजार, इटालीमा ५१ हजार र फ्रान्समा ५० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा विश्वभर ५ लाख २८ हजार नयाँ संक्रमित थपिँदा ११ हजार ६ सय ३ जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको छ । 

  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार ६:३६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया