रहेनन् प्रजातन्त्रका सेनानी घोइरो कामी

२००७ सालको जनक्रान्तिका योद्धा दलबहादुर (घोइरो कामी) को ८८ वर्षमा निधन भएको छ । 

लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ६ मा बसोबास गर्ने कामी विगत २ वर्षदेखि बिरामी थिए । कामीको मंगलबार राति आफ्नै निवासमा निधन भएको हो। 

उनी दम र मुटुको समस्याबाट पीडित थिए । विक्रम सम्वत् १९९९ मा तत्कालीन ईशान्नेश्वरमा जन्मिएका कामी आन्दोलनमा सहभागी हुँदा १८ वर्षका थिए । 

प्रजातन्त्रका सेनानीलाई सम्मान स्वरुप सरकारले नवलपरासीमा ३ बिघा जग्गा दिएको थियो । सोही जग्गा बेचेर लमजुङको भोर्लेटारमा बसोबास गर्दैै आएका घोइरो पछिल्लो समय अल्जाइमरबाट समेत पीडित थिए । 

उनलाई ०७२ मा बिपी स्मृति ट्रस्टले सम्मान गरेको थियो । 





  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार ७:४०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया