भारतीय कांग्रेस वरिष्ठ नेता पटेलको निधन

भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन भएको छ । झण्डै एक महिना अघि कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका ७१ वर्षका पटेलको गएराति साढे ३ बजेतिर निधन भएको परिवारले बताएका छन् । 

एकैपटक विभिन्न अंगले काम गर्न छाडेपछि उनको निधन भएको पटेलका छोरा फैसलले ट्वीट गरेर जानकारी दिएका छन् । उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन सबै नियमको कडाईका साथ पालना गर्न र व्यक्तिगत दुरी कायम गर्न तथा सामूहिक कार्यक्रम आयोजना नगर्न सबैलाई सुझाव पनि दिएका छन् । 

पटेल कांग्रेस पार्टीका कोषाध्यक्ष थिए । पटेल कांग्रेस प्रमुख सोनिया गान्धीको राजनीतिक सल्लाहकार रहेका बेलासम्म निकै शक्तिशाली रहे । 

उनी सन् १९८५ मा राजीव गान्धीको संसदीय सचिव बनेका थिए । उनी कांग्रेस पार्टीको कोषाध्यक्षको रुपमा २०१८ मा नियुक्त भएका थिए । आठ पटक सासंद् बनेका पटेल तीन पटक लोकसभामा र पाँच पटक राज्यसभामा चुनिएका थिए ।  





  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार ७:५०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया