गैंडा तस्करीको अभियोगमा सजाय भोगेकालाई नै गैंडा संरक्षणमा लगाइने
फाइल फोटो

चितवन राष्ट्रिय निकुञ्जले गैंडा  तस्करको अभियोग लागेर सजाय भुक्तान गरेकाहरुलाई गौडा संरक्षणमा लाग्न प्रेरित गरेको छ। निकुञ्जमा गैंडा  संरक्षणको चुनौती बढिरहेका बेला निकुञ्ज प्रशासनले यसअघि तस्करमा लागेर सजाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरुलाई गैंडा  संरक्षणमा प्रेरित गरेको हो।

एक दशकअघि गैंडा को खाग तस्कर गर्नेहरुले निकुञ्ज आसपास बस्ने चेपाङ समुदायका व्यक्तिहरुलाई प्रयोग गरी गैंडा  मार्न लगाएको र सोही अभियोगमा सजाय भुक्तान पूरा गरेका व्यक्तिहरुलाई अहिले गैंडा को संरक्षणका लागि काम गर्न प्रेरित गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।

तत्कालिन समयमा गैंडा को चोरी शिकारमा एउटै गाउँका ४० जनासम्म संलग्न भएका थिए। चेपाङ समुदायका तिनै व्यक्तिहरुलाई अहिले गैंडा  संरक्षणमा जुटन निकुञ्जले प्रेरित गरेको हो। निकुञ्जका प्रमखु संरक्षण अधिकृत बरालले निकुञ्ज सम्बन्धी ऐनले निकुञ्जमा तस्करी गर्नेहरुलाई १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैदको सजाय गरेकाले पनि तस्करीको काममा नलाग्न आग्रह गर्नुभयो।

तस्करमा संलग्न भएका व्यक्ति तथा उनीहरुका आफन्तहरुले चेपाङ समुदायका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरे तस्करी कम हुने बताएका छन्। विगतमा अशिक्षाका कारण तस्करीमा प्रयोग भएको उनीहरुको भनाइ छ। 

आर्थिक रुपमा असुरक्षित भएमा गैंडाको संरक्षण गर्न सम्भव नभएको चेपाङ समुदायका युवाहरुले बताएका छन्। आर्थिक, सामाजिक क्षेत्रमा अब्बल हुनेतर्फ आफुहरुलाई प्रेरित गर्न निकुञ्ज प्रशासन समक्ष उनीहरुले माग गरेका छन्।    


चितवन राष्ट्रिय निकुञ्जमा लगातार तीन वर्ष शून्य चोरी सिकार वर्ष मनाइएको थियो। तर यो चालू अर्थिक वर्षमा खाग चोरी नभए पनि तस्करले चार वटा गैंडा मारिसकेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा एकै वर्ष ३८ वटा गैंडा मारेर तस्करी भएको इतिहास समेत छ। तस्करीमा लागेका कतिपय चेपाङहरु अहिले कैद भुक्तान गरेर घर फर्किएका छन् भने कतिपय सजाय भुक्तान गरिरहेका छन्। कैद भुक्तान गरेर फर्किएका केही व्यक्तिहरु फेरी तस्करमा संलग्न हुन थालेपछि निकुञ्जले गैंडा संरक्षणमा चेपाङ समुदायलाई प्रेरित गरेको हो। 





  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार १२:५६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया