अख्तियारका पूर्वआयुक्तलाई घुस दिने न्यौपाने पक्राउ
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने व्यक्ति पक्राउ परेका छन् । पाठकलाई ७० लाख दिएको आरोप लागेका नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका हुन् । 

गठी मुद्दा लागेको उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार दिउँसो  काठमाडौंको चण्डोलबाट पक्राउ परेको हो । 

नेपाल इन्जिनियरिङ कलेजले  न्यौपानेविरुद्ध  प्रहरीमा उजुरी दिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनीविरुद्ध ३१ करोडभन्दा बढी ठगीको मुद्दा छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।   





  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार १७:१४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया