फिफा वर्ष अवार्डको मनोनयन सार्वजनिक

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस वर्षको द वेस्ट फिफा फुटबल अवार्डको मनोनयन सार्वजनिक गरेको छ । 

फिफाले बुधबार उत्कृष्ट खेलाडी (महिला–पुरुष) उत्कृष्ट गोलरक्षक (महिला–परुष), उत्कृष्ट प्रशिक्षक (महिला–पुरुष) र उत्कृष्ट गोल (पुस्कस अवार्ड) को मनोनयन सार्वजनिक गरेको हो । 

डिसेम्बर ९ सम्म आफ्नो आधिकारिक बेवपोर्टल मार्फत भोट गर्न सकिने फिफाले जनाएको छ । डिसेम्बरमा ११ मा प्रत्येक विधाका ३ फाइनलिस्टको नाम सार्वजनिक गरिनेछ भने डिसेम्बर १७ मा विजेता घोषणा गरिने फिफाले जनाएको छ । 

गत वर्ष पुरुषतर्फ अर्जेन्टिनाका लियोनल मेसी र महिलातर्फ अमेरिकी मेगन रापिनोइ उत्कृष्ट खेलाडी, ब्राजिलका एलिसन बेकर र नेदरल्यान्डकी सारी भान भिनेन्डाल उत्कृष्ट गोलरक्षक तथा जर्मनीका योर्गेन क्लोप र इङ्ल्यान्डकी  जिल इलिस उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । हङ्गेरीका डेनियल जेस्रीले पुस्कस अवार्ड जितेका थिए । 

मनोनयनमा परेका पुरुष खेलाडी

लियोन मेसी (अर्जेन्टिना), किस्टियानो रोनाल्डो (पोर्चुगल), थिएगो अल्कान्टारा (स्पेन), केभिन डि ब्रुना (बेल्जियम), साडियो माने (सेनेगल), नेयमार (ब्राजिल), सर्जियो रामोस (स्पेन) भर्जिल भान डाइक (नेदरल्यान्ड), मोहम्मद सलाह (इजिप्ट), केलियन एम्बाप्पे (फ्रान्स) र रोवर्ट लेवान्डोस्की (पोल्यान्ड) ।



महिला खेलाडी

लुसी ब्रोन्ज (इङ्ल्यान्ड), डेलफिनी कास्कारिनो (फ्रान्स), कारोलिन हेन्ससन(नर्वे), पर्नेली हारदेर (डेनमार्क), जेनिफर हारमोसो (स्पेन), साम कर (अष्ट्रेलिया), सोङ योङ जी (दक्षिण कोरिया), साकी कुमागे (जापान), जेसिनफिर मारोज्सन (जर्मनी), विन्डी रेनार्ड (फ्रान्स) र भिभिनी मेइडिमा (नेदरल्यान्ड) ।



मनोनयनमा परेका उत्कृष्ट पुरुष गोलरक्षक

एलिसन बेकर (ब्राजिल), थिबाउट कोर्तुवा (बेल्जियम), केलर नाभास (कोस्टारिका), म्यानुएल नोउर (जर्मनी), जान ओब्लाक (स्लोभाकिया) र मार्क टेर स्टेगन (जर्मनी) ।

महिला गोलरक्षक

एना काटरिन (जर्मनी), सारा बोउहाडी (फ्रान्स), क्रिस्टिनी इन्डलेर (चिली), हेडभिग (स्विडेन), एलिसा नेइहर (अमेरिका) र एली रेइबुक (इङ्ल्यान्ड) । 
फिफाले  ५–५ जना महिला र पुरुष प्रशिक्षक तथा ११ जनालाई पुस्कस अवार्डका लागि मनोनयन गरेको छ । 
  


 

  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार १७:५६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया