रहेनन् ‘ह्यान्ड अफ गड’का कारण चर्चित म्यारोडोना

सन् १९८६ को विश्वकप फुटबल निकै चर्चामा आयो । यो विश्वकप अर्जेन्टिनाले जितेको थियो । 

र, अर्जेन्टिनाका लागि सबैभन्दा महत्वपूर्ण खेलाडी थिए, डिएगो म्यारोडोना । उनले यो विश्वकपमा नै अर्जेन्टिनालाई विश्वकप मात्र जिताएनन्, आफ्ना लागि लाखौँ प्रशंसक पनि बटुले । 

तिनै म्यारोडोनाको बुधबार अर्जेन्टिनामा निधन भएको छ ।

केही साताअघि मात्र अस्पताल भर्ना भएर मस्तिष्कको शल्यक्रिया गराएका म्यारोडोनाको हृदयघातका कारण निधन भएको अर्जेन्टिनाका मिडियाले जनाएका छन् । 

उनी ६० वर्षका थिए ।





  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार २२:३३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया