घरेलु मैदानमा रियल मड्रिडसँग इन्टर मिलान २-० ले पराजित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको महत्वपूर्ण खेलमा इन्टर मिलान रियल मड्रिडसँग पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा जित दर्ता गर्दै नकआउट चरणमा स्थान बनाउने इन्टर मिलानको सपनामा रियलले धक्का दिएको हो । उसकै मैदानमा रियलले २-० को जित दर्ता गरेको हो । 

खेलको सातौ मिनेटमा पहिलो गोल खाएको मिलानले ५९ औं मिनेटमा आत्मघाती गोल खाएको हो । 

मिलान खेलको ३३ औं मिनेटमा अटुटो भिडालले दोहोरो पहेंलो कार्ड खाएपछि १० खेलाडीमा सीमित भएको थियो । ​

रियलले सातौ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै पहिलो गोल गरेको थियो । पेनाल्टीको सदुपयोग इडन हजार्डले गरे ।

५९ औँ मिनेटमा मिलानका आचरफ हकिमीले आत्मघाती गोल गर्दै रियललाई जितको बाटो खुला गरिदिए । त्यसपछि खेल अवधिभर गोल हुन नसक्दा रियल २-० ले विजयी भएको हो । 



यो जितसँगै रियल ७ अंकसहित दोस्रो स्थानमा पुगेको छ । दुई अंकमात्र जोडेको मिलान तालिकाको पुछारमा छ । 


  



  • प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार ७:२१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया