खोरमा पर्‍यो चितुवा, अहिलेसम्म ११ वटा

बालबालिका तथा स्थानीयका चौपायमाथि आक्रमण गर्ने चितुवा खोरमा परेको छ । तनहुँको भानु नगरपालिका–२ स्थित ओख्ले सामुदायिक वनमा थापिएको खोरमा बिहीबार बिहान चितुवा परेको हो। 

तनहुँ जिल्लाका विभिन्न ठाउँमा चितुवाले धेरैनै दुःख दिइरहेको छ । जिल्लाका भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाले ज्यान गुमाएका थिए।

चितुवाले बस्ती पसेर स्थानीयका चौपायलाई मार्दै  आएको छ ।   चितुवा नियन्त्रण अभियान थालेपछि तनहुँमा ११ वटा चितुवा खोरमा परिसकेका छन् । केही दिनअघि मात्रै आँबुखैरेनी गाउँपालिका–२ पौवागाउँमा थापिएको फलामको खोरमा परेको थियो। 

नियन्त्रणमा आएको चितुवालाई सुरक्षितरूपमा स्थानान्तरण गर्ने तयारी सहायक वन अधिकृत सुरेशकुमार भुजेलले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार १२:४१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया