राष्ट्रिय क्रिकेट टिमका खेलाडीको बन्द प्रशिक्षण सुरु
फाइल तस्बिर

कोभिड—१९ का कारण ९ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ ।

कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टिमको बिहीबारबाट बन्द प्रशिक्षण सुरु भएको हो । प्रशिक्षक जगत टमटाको नेतृत्वमा ९ महिनापछि बन्द प्रशिक्षणमा फर्किएको टिमले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएको छ । सुरुमा बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको नेपाल क्रिकेट संघ क्यानले अहिले २७ जनालाई प्रशिक्षणमा राखेको छ ।

यद्यपि कप्तान ज्ञानेन्द्र मल्ल सहित पाँच जना खेलाडी प्रशिक्षणमा सहभागी हुन पाएका छैनन् । कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना पोजेटिभ देखिएकाले मैदान उत्रिएका छैनन् । गत मंगलबार गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको थियो । वसन्त रेग्मी पनि संक्रमित छन् । अहिले रित गौतम, अनिल शाह, कुशल भुर्तेल, विक्रम सोब र लोकेश बमलाई पनि क्यानले बन्द प्रशिक्षणमा सहभागी गराएको छ ।





  • प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार १३:१५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया