भारतले कोरोना उपचारका लागि नेपाललाई दिएको रेम्डेसिभिर डब्लूएचओको नकारात्मक सूचीमा

भारतीय विदेश सचिव हषैबद्र्धन श्रृगंला अहिले नेपालको दुई दिने भ्रमणमा छन् । 

यो भ्रमणमा श्रृगंलाले नेपाली परराष्ट्रसचिवको एक टोलीसँग बिहीबार वार्ता गरेका छन् । त्यस्तै, बिहीबार नै उनले सिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट पनि गरेका छन् । 

दुई दिने नेपालमा भ्रमणमा आएका श्रृगंलाले बिहीबार एक कार्यक्रम गरेर सिंहदरबारमा परराष्ट्रमन्त्री ज्ञवालीलाई २ हजार भायल रेम्डेसिभिर औषधी नेपाललाई दिए । उनले परराष्ट्रमन्त्री 

कोरोनाभाइरस महामारीले विश्वभर आतंक मच्चाउन थालेपछि निकै चर्चामा आएको यो औषधी भारतमा पनि उत्पादन हुँदै आएको छ । गत मार्चमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको विषयमा निकै बोलेका थिए । उनले केही हजार डोज यो औषधी भारतसँग सहयोग पनि मागे । 

तर, अनुसन्धानहरुमा यो औषधी कोरोनाभाइरस संक्रमणको उपचारमा प्रभावकारी नभएको देखिएको छ । 

विश्व स्वास्थ्य संगठनले २० नोभेम्बरमा एक सूचना जारी गर्दै कोरोना उपचारमा यो औषधी प्रयोग नगर्न पनि निर्देशन दिएको छ । डब्लूएचओले २० नोभेम्बरमा एक निर्देशन जारी गर्दै कोरोनाभाइरस संक्रमितको उपचारमा यो औषधी खासै प्रभावकारी नभएको जनाएको हो ।



खासमा यसअघि १५ अक्टोबरदेखि डब्लूएचओले यो औषधीमाथि परीक्षण गरेको थियो । ७ हजार संक्रमितमाथि गरिएको यो परीक्षणमा यसको प्रभावकारिता देखिएको थिएन । 

रेम्डेसिभिर खासमा मलेरियाका बिरामीको उपचारका लागि प्रयोग हुने औषधी हो ।



  • प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार १९:५२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया