तेक्वान्दो प्रशिक्षक दीपक विष्टलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहेका ओलम्पियन विष्टले आफू कोरोनाट सड्क्रमित भएको जानकारी दिएका हुन् ।
विष्टले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन् । उनीसँगै उनको परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ ।
परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको विष्टले जानकारी दिए। सड्क्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उनले सबैलाई आग्रह गरेका छन् ।
कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बसेका छन् । उनँकी पत्नी एवं १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य पनि कोरोना सड्क्रमणबाट मुक्त भइसकेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।