न्युजिल्याण्ड पुगेका पाकिस्तानका ६ क्रिकेटरमा कोरोना संक्रमण

न्युजिल्याण्ड पुगेका पाकिस्तानका ६ क्रिकेट खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित खेलाडीको नाम उल्लेख नगरी न्युजिल्याण्ड क्रिकेटले विज्ञप्तिमार्फत् संक्रमण भएको जानकारी गराएको हो । 

न्युजिल्याण्ड क्रिकेटले पाकिस्तानी टिमले कोरोना प्रोटोकल तोडेको आरोपसमेत लगाएको छ । टि–ट्वान्टी र टेस्ट सिरिजका लागि ३५ सदस्यीय पाकिस्तानी टोली न्युजिल्याण्ड पुगेको हो । 

डिसेम्बर १८ बाट न्युजिल्याण्ड र पाकिस्तानबीचको टी–ट्वान्टी सिरिज सुरु हुँदैछ । टेस्ट सिरिज भने डिसेम्बर २६ बाट हुनेछ । 
 





  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार ६:४०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया