युरोपा लिग अन्तर्गत बिहीबार रातिको खेलमा टोटेनहम हट्सपरले शानदार जित दर्ता गरेको छ । समूह ‘जे’ को खेलमा टोटेनहमले लुडोगोरेट्समाथि ४–० को जित दर्ता गरेको हो ।
घरेलु मैदानमा भएको खेलको १६ औं मिनेटमा टोटेनहमले पहिलो गोल गरेको थियो ।
कार्लोस भिनिसियसले पहिलो गोल गरेका हुन् । खेलको ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २–० को अग्रता लिएको टोटेनहमले दोस्रो हाफमा थप दुई गोल गर्यो । दोस्रो हाफको ६३ र ७३ औं मिनेटमा ह्यारी विङ्क्स र लुकास मौराले गोल गर्दै ४–० को जित निश्चित गरेका हुन् ।
यो जितसँगै टोटेनहम समूह ‘जे’ दोस्रो स्थानमा उक्लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।