सुनमा बलात्कारको घटना मिलापत्र गराउने दुईजना पक्राउ

बैतडी एक तोला सुनको प्रलोभनमा बलात्कार घटना सामसुम पार्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा सिगास गाउँपालिका-३ का मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएर अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

पक्राउ परेका दुवैजनामाथि अनुसन्धान शुरु भइसकेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। बलात्कारको घटनामा संलग्न भनिएका दीपकसिंह धामी भारतमा रहेका बुझिएको र अर्का एकजनाको खोजी कार्य भइरहेको उनले बताए।

सिगास-३ की १८ वर्षीया किशोरीमाथि गत जेठमा बलात्कार भएको घटना झण्डै ६ महिनापछि बाहिर आएको हो। 

घटना भएका बेला पीडित पक्षलाई एक तोला सुन दिने भन्दै गाउँमै मिलाएको र मिलापत्रमा उल्लेख भएको मितिमा पीडितले सुन नपाएपछि घटना बाहिर आएको हो।

१८ वर्षीया किशोरीमाथि साँझको समयमा बलात्कार भएको र त्यो घटनालाई गत असार १४ गते गाउँमै तमसुक बनाएर मिलाएको पाइएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए।​



मिलापत्रमा कात्तिक मसान्तमा पीडित पक्षलाई सुन दिने सर्त राख्दै तमसुक बनाइएको थियो। उक्त मितिमा सुन दिनुको सट्टा पीडिकले पीडित पक्षलाई धम्क्याउन थालेपछि घटना बाहिर आएको हो। 

पीडित किशोरीसहित उनका आफन्तलाई अहिले जिल्ला अस्पातलको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको प्रहरीले जनाएको छ। 



किशोरीमाथि बलात्कार, पीडितलाई १ तोला सुनको तमसुक

  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार ११:४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया