यो साता सुन तोलामा ३ हजार रुपैयाँ घट्यो

यो साता सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको छ । हप्ताको अन्तिम दिन शुक्रबार सुन तोलाको ९१ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हप्ताको पहिलो दिन आइतबार तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार घटबढ भएन । 

साताको तेस्रो दिन मंगलबार एकैदिन तोलामा १८ सय रुपैयाँ घटेर तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य बुधबार तोलामा एक हजार रुपैयाँ घटेर तोलाको ९१ हजार ५ सय रुपैयाँमा झर्‍यो । 

त्यसमा बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार तोलामा २ सय रुपैयाँ घटेको छ । 

त्यसैगरी चाँदीको मूल्य यो हप्ता तोलामा ४० रुपैयाँ घटेको छ । आइतबार तोलाको १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार ११:३९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया