गुल्मी जिप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो
फाइल फोटो

गुल्मीको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। घाइते भइ अस्पताल लैजाँदै गरेको एकजनाको बाटैमा मृत्यु भएको हो। शुक्रबार बिहान इस्मा गाउँपालिका–४ मा जिप दुर्घटना भएको थियो। इश्माबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा इश्मा–४ का  ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी रहेका छन्। ८० वर्षीय सुन्दरी थापा मालिका गाउँपालिका–५ की हुन्। 

गम्भीर घाइते रहेका इस्मा–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारका लागि तम्घास लैजाँदा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।  दुर्घटनामा घाइते इस्मा–४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको गुल्मी अस्पतालमा उपचार भइरहेको छ। 

ब्रेक फेल भएर जिप दुर्घटना भएको प्रहरीको अनुमान छ। चालक भने सकुशल छन्। जिप भीरबाट करिब चार सय मिटर तल खसेको छ।





  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १२:२०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया