हल्का वर्षाको सम्भावना, शनिबारबाट मौसममा सुधार

शुक्रबार बिहानदेखि काठमाडौं उपत्यका आपसाका क्षेत्र बदली भई पानी पानी पर्ने संकेत देखिएको छ ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले केही दिनयता मौसम प्रभावित भएको हो ।  शुक्रबार रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हट्दै जाने र शनिबारबाट देशभर मौसम सफा हुने महाशाखाले जानकारी दिएको छ । 

मौसम सफा भएपछि चिसो बढ्ने महाशाखाले जनाएको छ । अहिले देशका प्रदेश नं १ र २, वाग्मती र गण्डकीका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र २, बाग्मती र गण्डकी प्रदेशमा अधिकांश क्षेत्रमा सामान्य बदली भई पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत छ । 





  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १२:४५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया