नापोलीले आफ्नो रंगशालाको नाम म्याराडोनाको नाममा राख्ने

विश्वका सर्वकालीन महान फुटबल खेलाडी अर्जेन्टिनी डिएगो म्याराडोनाको बुधबार हृदयधातका कारण ६० वर्षको उमेरमा निधन भयो । यी महान् खेलाडीको निधनले अहिले  विश्व जगत शोकमा छ । सबैले उनीप्रति श्रद्धान्जली अपर्ण गरिरहेका छन् । उनको गुण र अवगुणहरुको चर्चा भइरहेको छ । अर्जेन्टिनी सरकारले उनको निधनमा ३ दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

इटालियन क्लब नापोलीका सम्पूर्ण खेलाडीले युरोपा लिग अन्तर्गत गएराति भएको  क्रोएसियन क्लब एचएनके रिजेकाविरुद्धको खेलमा म्याराडोनाको सम्मान स्वरुप उनको जर्सी लगाएर खेलेका थिए । 
नापोलीको मैदानमा बुधबार देखिनै म्याराडोनाको फोटोअंकित ब्यानर सजाइएको थियो ।

नापोली त्यही टिम हो जसलाई म्याराडोनाले २ सिरि ‘ए’ उपाधि दिलाएका थिए । सन् १९८४ देखि १९९१ सम्म नापोलीमा बिताउँदा म्याराडोनाले १८८ खेलमा ८१ गोल गरेका थिए । 

नापोलीका मालिक उरेलियो डि लोरन्टिसले म्याराडोनाको सम्मान स्वरुप नापोलीको घरेलु मैदान सान पाउलोको नाम परिवर्तन गरेर उनको नाममा राख्नु पर्ने प्रस्ताव राखेका छन् । नेप्पल्सका मेयर लुइगी डि मेगिस्ट्रिसले पनि यो कुरामा सहमति जनाएका छन् । 






  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १३:२१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया