बलिउड अभिनेत्री कंगना रनावतको घर भत्काउन मुम्बई महानगरले दिएको आदेशलाई उदालतले रोकिदिएको छ । मुम्बई उच्च अदालतले शुक्रबार मुम्बई महानगरपालिलाई कंगनाको घर नभत्काउन आदेश दिएको हो ।
अदालतले यो घटनामा उनको कुनै दोष नभएको र यसो गर्दा उनलाई हानी हुने भन्दै यस्तो निर्णय गरेको हो । महानगरपालिकाले ९ सेप्टेम्बरमा उनको घरको एक हिस्सा भत्काएको थियो ।
महानपरपालिकाले यस्तो कदम त्यतिबेला चालेको थियो जतिबेला कंगना बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणलाई लिएर महाराष्ट्र सरकारसँग घटनाको निष्पक्ष छानबिन होस् भनेर निरन्तर आवाज उठाइरेकी थिइन् ।
यतिमात्र होइन, यो विषयलाई लिएर कंगना र शिवसेनाका सांसद सञ्जय राउतबीच चरम विवाद भइरहेको थियो । कंगनाको घर भत्काउने महानगरपालिकाको निर्णयलाई लिएर व्यापक विरोध भएको थियो । धेरैले महानगरपालिकाको यो कदम राजनीतिक स्वार्थले प्रेरित भएको भन्दै विरोध गर्दै आएका थिए।
महानगरपालिकाले कंगनाको घर गैरकानुनी रुपमा निर्माण भएको भन्दै भत्काउने निर्णय गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।