नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो दिनमा पनि प्रशिक्षण जारी राखेको छ ।
कोरोना भाइरसका कारण लामो समयदेखि रोकिएको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण शुक्रबार पनि जारी रह्यो । टियुको क्रिकेट मैदानमा भइरहेको बन्द प्रशिक्षणमा २७ जना खेलाडीहरुलाई बोलाइएको छ । कप्तान ज्ञानेन्द्र मल्ल, उपप्तान दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र वसन्त रेग्मीलाई कोरोना पोजेटिभ देखिएकाले उनीहरु मैदान उत्रिएका छैनन् ।
थप ६ खेलाडी कन्ट्याक ट्रेसिङमा परेका कारण आइसोलेसनमा बसेका छन् । दोस्रो दिनको प्रशिक्षणमा रित गौतम पनि छन् । अन्य खेलाडीहरु मैदान फर्किन केही दिन समय लाग्ने देखिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका ९ महिनापछि राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।