१७०३ संक्रमित थपिँदा, २३ जनाको मृत्यु
फाइल फोटो

पछिल्लो २४ घण्टामा १७०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले आज दिउँसो अध्यावधिक गरेको विवरण अनुसार  १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यो सँगै नेपालको जम्मा संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ। 

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १२३६ छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या २ लाख ९ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ। 

२४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ जना रहेको छ । नेपालमा हालसम्म कोरोनाबाट १४३५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
  





  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १६:२७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया