स्वास्थ्यकर्मीको जोखिम भत्ता तुरुन्त दिन मन्त्रालयको निर्देशन

कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ता तुरुन्त दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । केन्द्रले पठाएको जोखिम भत्ता केही अस्पतालहरुले उपलब्ध नगराएको गुनासो आएको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

 मन्त्रालयले असोज मसान्तसम्म ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ रकम निकासा गरिसकेकाले जोखिम भत्ता उपलब्ध गराउन अस्पतालहरुलाई निर्देशन दिएको हो ।
सरकारले कोभिड—१९ को उपचार संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश ०७७ अनुसार जोखिममा रही काम गर्ने सबै जनशक्तिलाई जोखिम भत्ता दिने निर्णयअनुसार जोखिम भत्ता निकासा गरेको उल्लेख गरिएको छ ।

कात्तिक महिनाको रकम भुक्तानीको क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयका सह—प्रवक्ता समीरकुमार अधिकारीले आग्रह गरेका छन् । शुक्रबार मन्त्रालयमा बसेको सचिवस्तरको निर्णयअनुसार भत्ता उपलब्ध गराउन निर्देशन दिइएको उनले बताए ।





  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १६:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया