स्वास्थ्य राज्यमन्त्री रावतद्वारा अस्पताल शिलान्यास
वीरेन्द्रनगर नगरपालिका–९ स्थित लाटीकोइलीमा निर्माण हुन लागेको अस्पतालको शिलान्यास गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावत । तस्बिरः वसन्त भण्डारी/फरकधार ।

स्थानीय तहमा निर्माण हुन लागेका १५ शय्याका अस्पतालको शिलान्यासका लागि नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत सुर्खेत आएका छन् । संघीय सरकारको एक स्थानीय तह एक अस्पताल निर्माण अभियान अन्तर्गत रावलले शुक्रबारदेखि आइतबारसम्म विभिन्न स्थानीय तहका चारवटा अस्पताल शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

जस अन्तर्गत रावतले शुक्रबार वीरेन्द्रनगर नगरपालिका ९ लाटीकोइली र बराहताल गाउँपालिका ५ बड्डिचौरमा १८, १८ करोडको लगानीमा निर्माण हुन लागेका १५ शय्याका अस्पतालको शिलान्यास गरेका छन् । यस्तै शनिबार जिल्लाको चौकुने गाउँपालिका–४ बिजौरा र आइतबार–पन्चपुरी नगरपालिका–२ साल्कोटमा निर्माणाधीन अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

अस्पतालको शिलान्यास गर्दै राज्यमन्त्री रावतले अस्पताल निर्माणमा बजेटको कुनै अभाव नहुने बताए । अस्पताल निर्माणका लागि बजेटको सुनिश्चितता गरिएको भन्दै उनले तिव्रताका साथ निर्माणका लागि सम्बन्धित स्थानीयतहलाई आग्रह गरे । अस्पताल निर्माणपछि सबै जनशक्ति तथा उपकरण व्यवस्थापन पनि संघीय सरकारले गर्ने उनको भनाइ छ ।

यसअघि अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाएको थियो । सोही अनुसार स्थानीय तहमा आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रकृया अघि बढाउन सम्बन्धित स्थानीय तहलाई आग्रह गरे । 





  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १६:३९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया