कैलाली कारागारमा रहेका एकजना कैदीको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुने कैलालीको घोडाघोडी नगरपालिका ५ का ६७ वर्षीय बुधराम डगौरा हुन् ।
जबरजस्तीकरणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका डगौरा प्यारालाइसिस रोगी रहेको कैलाली कारागारका जेलर महेन्द्रबहादुर खड्काले बताए । डगौराको शव परीक्षाका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
यसअघि डगौरालाई कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । रिर्पोट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका उनमा स्वास्थ्य समस्या देखिएको जेलर खड्काले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।