अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत बर्ष घोषणा गरेको पुरस्कार हस्तान्तरण गरेको छ । एन्फाले शुक्रबार एक कार्यक्रम आयोजना गरी पूर्व घोषित पुरस्कार हस्तान्तरण गरेको हो ।
एन्फाले गतवर्ष ‘एन्फा दिवस’का अवसरमा उदीयमान खेलाडी (महिला÷पुरुष), उत्कृष्ट प्रशिक्षक, लाइफटाइम अचिममेन्ट अवार्ड तथा उत्कृष्ट रेफ्री (महिला÷पुरुष)लाई यमाहको मोटरसाइकल तथा स्कुटर दिने घोषणा गरेको थियो ।
एन्फाले गतवर्ष अभिषेक रिजाललाई पुरुष तथा मञ्जरी कुमारी योन्जनलाई महिला उदीयमान खेलाडी घोषणा गरेको थियो ।
उत्कृष्ट प्रशिक्षक हरि खड्का घोषित हुँदा भगीरथ आलेलाई लाफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिएको थियो । फिफा पूर्व रेफ्री लव क्षेत्री पुरुष तथा अस्मिता मानन्धर उत्कृष्ट महिला रेफ्री घोषित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।