फुटबलको विकासका लागि एन्फा र नगरपालिकाबीच सहकार्य

फुटबलको विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र  नगरपालिकाबीच सहकार्य भएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र धुलिखेल नगरपालिका प्रमुख तथा नगरपालिका संघका अध्यक्ष अशोक बेञ्जुले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौता २ वर्षका लागि भएको हो । आवश्यक परेमा सम्झौता बढाउन सकिनेमा दुवै पक्ष सहमत भएका छन् । सम्झौतापछि फुटबलको विकासका लागि विभिन्न प्रतियोगिता तथा अन्य विभिन्न कार्यमा एन्फा र नगरपालिकाबीच सहकार्य हुनेछ ।

खेलकुदको विकासका लागि यो सम्झौता कोशेढुङ्गा सावित हुने विश्वास लिएको बेञ्जुले बताए । 

एन्फा अध्यक्ष शेर्पाले यस सम्झौताले एन्फा र स्थानीय निकायलाई जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

शेर्पाले फुटबलको पूर्वाधार निर्माण, प्रतियोगितालगायत धेरै कुरामा सम्झौता भएको भन्दै यसको कार्यान्वयनमा केन्द्रित हुने बताए ।





  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १८:१८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया