चीनमा कोरोनाभाइरस भ्याक्सिनको होड, हुन थाल्यो कालोबजारी

अमेरिकी भ्रमणमा जान चाहेका चिनियाँ नागरिक चेङ कोभिड १९ को भ्याक्सिन लगाएर मात्र आफ्नो यात्रामा निस्किन चाहन्छन् । यसका लागि उनले त्यहाँ सम्पर्क गर्न थाले । तर, बेइजिङमा उनले यसबारे बुझ्दा त्यहाँ निकै धेरैले उनलाई विभिन्न प्रस्तावहरु आए ।

उनले अब चिनियाँ कम्पनी सिनोफार्मले बनाएको भ्याक्सिनको दुई डोज लगाउने भएका छन् । यसका लागि उनले ९१ अमेरिकी डलर पनि तिर्दैछन् ।

चीनमा त अहिले कोरोनाभाइरस भ्याक्सिनबारे निकै धेरै होडबाजी चल्न थालिसकेको छ । त्यहाँका कुनै पनि भ्याक्सिनले अहिलेसम्म मान्यता पाइसकेका छैनन् । तर, विभिन्न भ्याक्सिन निकै धेरैले लगाउन थालेका छन् ।
 

ब्लूमबर्गमा छापिएको एक रिपोर्टअनुसार त्यहाँ अब हजारौँले कोरोनाभाइरस भ्याक्सिन लगाइसकेका छन् ।





  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १९:२६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया