भ्रष्टाचारमा लागेको तथ्य सार्वजनिक भएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः नागरिक समूह

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले तत्काल राजीनामा दिन नहुने एक नागरिक समूहले केही दिनअघि विज्ञप्ति निकाल्दै जनाएको थियो । 

अब अर्को नागरिक समूहले प्रधानमन्त्री ओली नै भ्रष्टाचारमा लागेको तथ्य सार्वजनिक भएकाले उनले राजीनामा दिनुको विकल्प नभएको बताएको छ । उनी पदमा बसिरहनु औचित्यपूर्ण नहुने यो समूहको ठहर छ । 

ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा एशियाली मुलुकमा नेपालमा सबैभन्दा बढी भ्रष्टाचार हुने ठहर गरिएको थियो । उक्त प्रतिवेदनमा प्रधानमन्त्री ओलीले नै भ्रष्टाचारीको संरक्षण गरेको बताइएको थियो ।

यही आधारमा यो नागरिक समूहले प्रधानमन्त्री ओलीले राजीनामा दिनु पर्ने माग गरेको हो ।

यसरी प्रधानमन्त्रीको राजीनामा माग गर्दै निकालिएको विज्ञप्तिमा ट्रान्सपरेन्सी इन्टरनेसनलका पूर्वअध्यक्ष श्रीहरी अर्याल, अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता नारयाणप्रसाद घिमिरे, नागरिक अभियन्ता तथा पूर्वप्रहरी रमेशप्रसाद खरेल, अधिवक्ताहरु इन्दु तुलाधरलगायत छन् । 





  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १९:४०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया