वामदेवलाई आफ्नो पक्षमा ल्याउन खोज्दैछन् ओली, ईश्वर पोखरेल पठाए भैंसेपाटी

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउन प्रयास गरिरहेका छन् । 

यी प्रयास अन्तर्गत गौतमलाई भेट्न ओलीनिकट नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल भैंसेपाटी पुगेका छन् । 

शनिबार नेकपाको सचिवालय बैठक बस्दै छ । शनिबार बस्ने बैठकमा पनि गौतमले आफूलाई साथ दिउन् भन्ने उद्देश्यका साथ ओलीले गौतमलाई भेट्न ईश्वर पोखरेल पठाएका हुन् । 

यसअघि पनि बारम्बार ओलीले गौतमलाई आफूलाई समर्थन गर्न अनुरोध गरेका थिए । त्यसका लागि उनले गौतमलाई मन्त्री पदको अफरसमेत गरेका छन् । 

तर, गौतमले यसपटक ओली सच्चिनु पर्ने धारणा राख्दै आएका छन् । 

केहीअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटमा पनि गौतमले यही अडान लिएका थिए । भोलि दिउँसो बस्ने नेकपा सचिवालय बैठकमा ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डको प्रतिवेदनको जवाफ दिँदै छन् । 



यसका लागि उनले प्रतिवेदन तयार पारिसकेका छन् ।



  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार २०:४५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया