प्रचण्ड–नेपाललाई ओली पक्षको सन्देशः पार्टी फुटिसक्यो

पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद तत्काल समाधान हुने देखिँदैन । यही विवाद सुरु भएपछि १० दिनपछि शनिबार नेकपाको सचिवालय बैठक बस्दै छ । 

यो सचिवालय बैठक नेकपाको भविष्यबारे निकै औचित्यपूर्ण र महत्वपूर्ण रहेको टिप्पणी हुन थालेको छ । 

शनिबार बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २८ कार्तिकमा सचिवालयमा प्रस्ताव गरेको प्रतिवेदनको जवाफ दिँदै छन् ।

स्रोतका अनुसार यसका लागि ओलीले ४० पेज लामो प्रतिवेदन तयार पनि पारिसकेका छन् । यसमा ओलीले प्रचण्डले कार्यकारी अध्यक्ष भएर पनि कुनै काम नगरेको आरोप लगाएको स्रोतको दाबी छ । 

‘प्रतिवेदनमा पार्टीलाई एक राख्न आफू लागिपरेको तर पार्टी फुटिसकेको आभास दिने गरि प्रचण्डको प्रतिवेदन आएको विषयमा बढी चर्चा गरिएको छ,’ ओलीनिकट नेकपाका एक केन्द्रीय सदस्यले फरकधारसँगको कुराकानीमा दाबी गरेका छन्, ‘पार्टीमा अहिले देखिएको विवादका कारण पार्टी फुटिसकेको सन्देश यो प्रतिवेदनमा दिन खोजिएको छ ।’

उनले यस्तो हुनुको कारण यसअघि प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनले दिएको आभास भएको बताए । 



 

याे पनि पढ्नुहाेस्:​



नेकपा फुट्न सक्ने दुई आधार
झन्-झन् किचलोमा फस्दै नेकपा, प्रचण्ड-नेपाल समूहको छुट्टै भेला

 

  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार २३:३३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया